‘विपीनलाई छुटाउन पहल जारी छ, आज मात्रै कतारका राजदूतसँग छलफल भएको छ’ -मन्त्री साउद

‘विपीनलाई छुटाउन पहल जारी छ, आज मात्रै कतारका राजदूतसँग छलफल भएको छ’ -मन्त्री साउद

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विद्रोही हमास समूहको नियन्त्रणमा रहेको कञ्चनपुरको भीमदत्त नगरपालिकाका विपीन जोशीलाई छुटाउन सरकार गम्भीरतापूर्वक लागेको बताएका छन् ।  

शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा मन्त्री साउदले इजरायल सरकारका अनुसार जोशी बन्धक अवस्थामा जीवित रहेको र उनलाई मुक्त गराउन अमेरिकाका परराष्ट्रमन्त्रीदेखि कतारका विदेशमन्त्रीसित आग्रह गरेको जानकारी दिए ।

“जोशीको गम्भीर चिन्ता गरिहरेका बेला गाजाको क्षेत्रमा बन्धक रहेको भन्ने आएको छ”, मन्त्री साउदले भने, “सुरक्षामा गम्भीर रुपमा ध्यान दिँदै सकुशल छुटाउन अमेरिकी परराष्ट्रमन्त्रीसित पनि आग्रह गरिएको छ ।” साथै कूटनीतिक रुपमा पहल अघि बढाउँदै अन्तर्राष्ट्रिय रेडक्रससित पनि आग्रह गरिएको उनको भनाइ छ ।

“बन्धक रहेका जोशीलाई छुटाउन आज बिहान मात्रै कतारका राजदूतसित छलफल भएको छ”, मन्त्री साउदले भने, “हमासको आक्रमणबाट सुदूरपश्चिमले बढी क्षति ब्यहोरेको अवस्था छ ।” कूटनीतिक पहल गरेर छुटाउने प्रक्रियामा रहेको बताउँदै उनले विश्वस्त रहन सबैलाई आग्रहसमेत गरे । 

मन्त्री साउदले शनिबार बिहान जोशीका बुबा/आमा र दाजुसित भेटसमेत गरेका थिए ।

Logo