नेपाल विस्तारै ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढ्दै गयोः शेखर कोइराला

नेपाल विस्तारै ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढ्दै गयोः शेखर कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल विस्तारै ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढ्दै गएको बताएका छन् । 

शनिबार विराटनगरमा पत्रकार एवं साहित्यकार शंकर खरेलद्वारा लिखित ‘तृप्यन्ताम’  लघुकथासंग्रहको विमोचन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले युवाहरूको विदेश पलायन नरोके नेपालमा ज्येष्ठ नागरिकहरू मात्रै रहने प्रस्ट पारे । 

‘युवाहरूको बढ्दो विदेश पलायनले कतै नेपाल बुढौलीहरूको देश त हुँदैन भनेर मलाई चिन्ता लाग्न थालेको छ,’ कोइरालाले भने, ‘राजनैतिक दलहरू देश र जनताप्रति जिम्मेवार नभए अवस्था जटिल हुँदै गएको छ । स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरूको पलायन रोक्नुपर्छ ।’

जनतामा अहिले चरम निराशा देखिएको उनको भनाइ थियो । त्यही निराशाको परिणामस्वरुप युवाहरू विदेश पलायन भएको नेता कोइरालाले बताए । 
‘अलि हुनेखानेहरू अमेरिका, जापान, अष्टे«लिया, क्यानडा र युरोपतिर जान्छन्, उतै घरजम गरेर बस्छन् । आर्थिक रुपमा कमजोर र धेरै अध्ययन पनि नगरेका तर पाखुरीमा बल हुनेहरू खाडी जान्छन्,’ कोइरालाले थपे, ‘एकथरि युवा उतै सेटल भएर बस्छन्, अर्कोथरि युवा पाखुरीमा बल सकिएपछि र उमेर ढल्किएपछि फर्किन्छन् । यस्तो अवस्थाले देश उँभो लाग्दैन ।’ 

उनले रेमिट्यान्स मुलुकको आर्थिक विकासको दीर्घकालीन र भरपर्दो स्रोत नभएको जिकिर गरे । कोभिड–१९, रुस–युक्रेन युद्ध र इजरायल–हमासबीचको युद्धले रेमिट्यान्स देश विकासको भरपर्दो र दीर्घकालीन आर्थिक स्रोत होइन भन्ने पुष्टि भएको उनको भनाई छ ।  

Logo