उपसभामुख इन्दिरा राना मगरले बालबालिकामा लगानी बढाउनुपर्ने बताएकी छिन्।
शुक्रबार काठमाडौँमा आयोजित दुई दिने आदिवासी प्राज्ञिक मगर सम्मेलनमा उनले बालबालिका नै देशको भविष्य भएकोले उनीहरुलाई आर्थिक,सामाजिक,सांस्कृति सबै पक्षबाट लगानी गर्न आवश्यक भएको बताएकी हुन्।
उनले बालबालिकालाई भाषा,धर्म,संस्कार,संस्कृति सबै कुराबारे अहिलेबाटै सिकाउनुपर्ने भन्दै मगर प्राज्ञिक समूहलाई यस कुरालाई प्राथमिकतामा राख्न आग्रह गरिन्।
उपसभामुख रानाले भनिन्,‘हामी ठूलाठूला विकासको कुरा गर्छौ तर,जो भोलिको हाम्रो भविष्य निर्माणका खम्बाहरु हुन्। ती हाम्रा भविष्यका पुस्तालाई विर्सियौँ भने राम्रो हुँदैन। त्यसैले हाम्रा भाषा,धर्म,संस्कार र संस्कृतिबारे साना बालबालिकालाई सिकाउनुपर्छ। आज हामीले उनीहरुमाथि लगानी गर्यौं भने सय वर्ष अगाडि जान्छ र त्यसको लेगेसी निरन्तर अगाडि बढ्छ।’
उनले मगर समुदायले अर्गानिक खेतीपाती गर्दै आएको र हाल त्यसले निरन्तरता पाउन छाडेकोमा चिन्ता प्रकट गरिन्। ‘मगर समुदायमा पहिला कन्दमूल जस्ता अर्गानिक चिजहरु मात्र खाने प्रचलन थियो। अब त मगरहरुले खेती नै गर्न छाडिसके। क्यामिकलको लागि बजेट छुट्याउनु भन्दा हामीले जहाँ मगर गाउँ धेरै छ,त्यहाँको पुरानो मगर खाना र संस्कृतिको प्रमोट गर्नुपर्छ। जब खानै राम्रो खाएका छैनाैँ र सफा पानी पिएका छैनौँ भने त्यो देशको सम्वृद्धि हुँदैन भन्ने ठान्छु म’रानाले भनिन् ।





























प्रतिक्रिया