राजसंस्था प्रति देखिएको जनमतको कदर गर्न कमल थापाको आग्रह

राजसंस्था प्रति देखिएको जनमतको कदर गर्न कमल थापाको आग्रह


राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गर्ने प्रति आक्रोश व्यक्त गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका महामन्त्री गगन थापालगायतले राजा प्रति गरेको सार्वजनिक टिप्पणी प्रति उनले आक्रोश व्यक्त गरेका हुन्। थापाले राजसंस्था प्रति देखिएको जनमतको कदर गर्न पनि अनुरोध गरेका छन्। 

‘प्रचण्ड, ओली, गगनहरुको राजाप्रतिको धम्किपूर्ण बर्बराहटले प्रष्ट पार्छ-राजसंस्थाको पक्षमा देखिएको जनमतबाट उनीहरु त्रशित र आतंकित छन्,’ उनले भनेका छन्, ‘उनीहरु साच्चिकै लोकतन्त्रवादी हुन भने जनभावनाको कदर गर्दै राजासहितको प्रजातन्त्र स्थापना गर्ने साहस देखाउन आग्रह छ। अन्यथा,समयले उनीहरुलाई पछाडी छोड्नेछ।’

Logo