काँग्रेस केन्द्रीय लेखा समितिमा चार सदस्य मनोनीत

काँग्रेस केन्द्रीय लेखा समितिमा चार सदस्य मनोनीत

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसको केन्द्रीय लेखा समितिमा चार जना सदस्य मनोनीत भएका छन्। सभापति शेरबहादुर देउवाले श्यामकुमार घिमिरे संयोजकत्वमा रहेको केन्द्रीय लेखा समितिमा सोमबार चार जना सदस्य मनोनीत गरेका हुन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार धनुषाका दिलीप ढुङ्गाना, अर्घाखाँचीका डेविड बस्याल, मकवानपुरका रमेश नेपाल र सिन्धुलीका अनन्त कार्कीलाई लेखा समिति सदस्य मनोनीत गरिएको हो।

सभापति देउवाले ०७९ साउनमा संयोजकमा केन्द्रीय सदस्य घिमिरेलाई मनोनीत गरेका थिए। सभापति देउवाले पार्टीका विभाग तथा समितिमा मनोनीत गर्दा ढिलाइ गर्ने गरेका छन्। ०७८ मंसिरमा महाधिवेशन भएको थियो। 

Logo