संसदीय समिति बैठकः गृहमन्त्रीसँग भूकम्प पीडितका समस्याबारे छलफल हुने

संसदीय समिति बैठकः गृहमन्त्रीसँग भूकम्प पीडितका समस्याबारे छलफल हुने


संघीय संसदका दुई समितिको आज बैठक बस्दैछ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छन्।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिले जाजरकोट, रुकुम पश्चिम सहितका जिल्लाहरुमा भूकम्पबाट भएको जनधनको क्षति, भूकम्पप्रभावित व्यक्तिहरुको उद्वार, घाइतेहरुको उपचार, पीडितहरुलाई उचित राहत, पुर्नस्थापना र क्षति भएका भौतिक  संरचनाहरुको पुनर्निर्माणको सम्बन्धमा त्यहाँ देखिएका समस्याहरुबारे उपप्रधानतथा गृह मन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्ने कार्यसूची राखेको छ। यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले समितिका आगामी कार्ययोजनाको सम्बन्धमा आजको बैठकमा छलफल गर्ने जनाएको छ। 

Logo