एमालेले किन गर्दैछ मध्यपहाडी लोकमार्गकाे पदयात्रा ? [भिडियाेसहित]

एमालेले किन गर्दैछ मध्यपहाडी लोकमार्गकाे पदयात्रा ? [भिडियाेसहित]


नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु भएको छ। तीन साता लामो  पदयात्राको अध्यक्ष  केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डाको झन्डोतलन गरी उद्घाटन गरेकाे हाे।

उद्घाटनसँगै पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा औपचारिक रुपमा सुरु भएको छ।

यात्रामा एमालेका अध्यक्ष ओलीसहित केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष, केन्द्रिय कमिटिका सदस्य, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्यलगायतका हजारौं प्रतिनिधिहरु सामेल छन्।

झुलाघाटबाट हिँडेको यात्रा बिहिबार दिउँसो बैतडी गोठलापानी बजार पुग्ने बताइएको छ। गोठलापानीमा आयोजना हुने आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने छन्।

एमालेले आज डडेलधुरासम्म यात्रा गर्ने एमाले बैतडीले जनाएको छ। देशको अधिकांश भू-भाग ओगटेकोमध्य  पहाडी क्षेत्रमा गरिने यो यात्राले राष्ट्रियस्तरमा संमृद्धिको सन्देश प्रवाह गर्ने एमालेको दाबी छ।

बैतडीको झुलाघाटबाट सुरु भएको २२ दिने यात्रा यात्रा पाँचथरको चिवाभज्याङमा पुगेर सकिने छ। आगामी पुस ५ गतेसम्म चल्ने अभियानमा ५० लाख जनतासँग सात्क्षाकार गर्ने योजना एमालेको छ।

यात्राका दौरानमा जनताका समस्या सुन्ने र उत्साह पैदा गरिने योजना रहेको एमाले नेताहरु बताउँछन्। यसअवधिमा आमसभा र भेटघाटका कार्यक्रमहरु बनाइएको छ। 

पहाडको विकासको समस्या पहिचान गरी समृद्धिलाई अघि बढाउने मुख्य  उदेश्यका साथ एमालले यो अभियान थालनी गरेको हो। त्यस्तै सामाजिक सद्भाव बढाउँदै एकता कायम गर्न र निराशाको खेती मौलाउने प्रवृत्तिलाई दूर गर्नुपनि अभियानको उदेश्य रहेको छ।  

एमालेले पहाड विकास र समृद्ध बन्न लाग्दा बसाईं-सराइ जारी रहेको भन्दै त्यसलाई रोक्न खोजेको एमाले नेताहरु बताउँछन्। पहाड विकास र समृद्धिको हिसाबले अगाडि नै छ। मान्छे चाहिँ धमाधम बसाइ सर्न थालेकाले पहाडप्रतिको आकर्षण सिर्जना गर्न खोजेको उनीहरुको धारणा छ।

एमाले अध्यक्ष ओलीले अभियानबारे जानकारी दिन एउटा भिडियो सार्वजनिक गरेका छन्। जसमा अध्यक्ष ओलीले स्थानीय सम्बन्ध विस्तार गरी राष्ट्रिय सन्देश दिन एमालेले अभियान गर्न लागेको बताएका छन्।

भिडियाे

Logo