१०० रुपैयाँ दरका १० हजार स्मारिका सिक्का छापिने

१०० रुपैयाँ दरका १० हजार स्मारिका सिक्का छापिने

केन्द्रबिन्दु
0
Shares

सरकारले १०० रुपैयाँ दरका १० हजार थान स्मारिका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।सरकारले सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गर्ने, स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनीलाई नियुक्त गर्ने र न्याय परिषदको सिफारिसमा विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने पनि निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन्।

यस्तै, खाद्य तथा पोषण सुरक्षा आयोजना–२ का लागि विश्व बैंकमार्फत प्राप्त हुने दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने, नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गर्ने र रोमानियाको बुखारेष्टस्थित नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेललाई अवैतनिक वाणिज्यदूत पदबाट हटाउने पनि निर्णय भएको उनले जानकारी दिएकी छन् । 

 

Logo