एमालेको पदयात्रा आज अमरगढी पुग्ने

एमालेको पदयात्रा आज अमरगढी पुग्ने

केन्द्रबिन्दु
0
Shares

हिजोबाट सुरू भएको नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा  आज अमरगढी पुग्दैछ। हिजो झुलाघाटबाट सुरू भएको पदयात्रा गोठलापानी बैतडी पुगेको थियो।

अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी हिजो बिहान सुरू गरेका थिए, सो यात्राको पहिलो स्टेशनको रुपमा गोठलापानी, बैतडी पुगेको हो।

हाल पुष्पलाल राजमार्गसमेत भनिने मध्य पहाडी राजमार्गको करिब १ हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा हिजोबाट सुरू भएको हो, जुन पुस ५ गते  चिवा भञ्ज्याङमा पुगेर समापन हुँदैछ।

‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिको लागि संकल्प यात्रा’ नाम दिईएको उक्त पदयात्राको क्रममा मध्य पहाडी राजमार्गका मुख्य सहरहरुमा आमसभा गर्ने एमालेले जनाएको छ।

Logo