राजसंस्था, हिन्दुराष्ट्र पक्षधरबीच मोर्चा निर्माण गर्न आवश्यक छः कमल थापा

राजसंस्था, हिन्दुराष्ट्र पक्षधरबीच मोर्चा निर्माण गर्न आवश्यक छः कमल थापा

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य आजको प्रमुख आबश्यकता भएको बताएका छन्।

अहिलेकै व्यवस्था कायम रहे नयाँ तानाशाहको जन्म हुने भन्दै थापाले देश बचाउन र बनाउन राजसंस्था,हिन्दुराष्ट्र पक्षधर र संघीयता नचाहनेबीच तत्काल मोर्चा निर्माण गरि नयाँ जनआन्दोलनमा जान जरुरी भएको आवश्यकता औँल्याएका हुन्।

थापाले संवैधानिक अङ्ग, न्यायालय,प्रशासनिक क्षेत्र लगायत अन्य सबै क्षेत्रमा कब्जा जमायर सर्वसत्ताबाद लाने दुष्प्रयास भइरहेको भन्दै उनले त्यसको प्रतिबाद हुनुपर्नेमा जोड दिए। असक्षम, असफल र अदुररदर्शीहरुले मुलुकमा ब्रम्हलुट गरिरहेको भन्दै थापाले मुलुकको स्वाधिनको रक्षाको निमित्त एकपटक सबै सडकमा आउनुपर्ने समय आएको समेत बताए। उनले आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आग्रह समेत गरे।

राप्रपा नेपाल काठमाडौँ जिल्ला समितीले आयोजना गरेको कार्यक्रममा नेताहरु जयकुमार खड्का, तारानाथ लुईटेल, इन्द्र चित्रकार,राजाराम बर्तौला ,श्याम घिमिरे लगायतले संगठन सुदृढीकरण र आन्दोलनको तयारी बारे बोलेका थिए।

Skip This
Skip This
Logo