कोप २८ मा सहभागी हुन दुबई गएका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

कोप २८ मा सहभागी हुन दुबई गएका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

केन्द्रबिन्दु
0
Shares

जलवायु परिवर्तनको सम्मेलनमा सहभागी हुन दुबई गएका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज स्वदेश फर्किँदैछन्। संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा सहभागि हुन मंसिर १३ गते दुबई गएका दाहाल आज फर्किन लागेका हुन्।

कोप २८ मा प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी कार्वन उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष र हानिकारक असर भोगिरहेको बताएका थिए।

शनिबार पर्वतीय देशहरुको एजेण्डा उठाउन आयोजित उच्च स्तरीय कार्यक्रममा अध्यक्षता गर्दै ‘हिमालको पुकारः जलवायु संकटबाट हामीलाई कसले बचाउने छ?’ भन्ने विषयको छलफललाई सम्बोधन गर्दै जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको भनेर महासभाको ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्री प्रचण्डले सम्मेलनका क्रममा द्वीपक्षीय राजनीतिक र उच्च स्तरीय भेटवार्ताहरु पनि गरेका थिए।

Logo