नेकपा एसले राष्ट्रिय सभाको निर्वाचनमा भाग लिने

नेकपा एसले राष्ट्रिय सभाको निर्वाचनमा भाग लिने

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समावादीले राष्ट्रिय सभाको आसन्न निर्वाचनमा भाग लिने संकेत गरेको छ । यसका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । 

केन्द्रीय सचिवालय बैठकले सोमबार उक्त निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले  निर्वाचन आयोगमा दल दर्ता गर्छ । बैठकमा यही निर्णय गरेका छाैं ।’ 

यस्तै, पार्टीको राष्ट्रिय महाधिवेशनलगायत अन्य विषयहरुमा मंगलबार ११ बजे पुनः बैठक बसेर निर्णय लिने पनि उनले जानकारी दिएका छन् । 

Logo