प्रधानमन्त्री प्रचण्डले भेटे विपिन जोशीका परिवारलाई

प्रधानमन्त्री प्रचण्डले भेटे विपिन जोशीका परिवारलाई

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्यालेस्टाइनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमाबुबासँग भेट गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले  शुक्रवार बिहान धनगढी विमास्थलमा विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीलाई भेटेर विपिनको रिहाईको लागि सक्दो पहल गरिरहेको जानकारी दिए । 

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि सुरु हुन लागेको सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड धनगढी पुगेका हुन् । सोही क्रममा उनले विपिनका परिवारलाई भेटेर विपिनको रिहाईको लागि सरकारले पहल जारी राखेको बताएका छन् । 

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत जोशी गत भदौ २७ गते इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी  ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि त्यँहा पुगेका थिए । गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई हमासले नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरिसकेको छ । यद्यपी, उनको कुनै खबर प्राप्त हुन सकेको छैन । 

Skip This
Skip This
Logo