सरकार सहभागी काण्डहरुको जरोमा पुग्नेगरी छानविन हुनुपर्छः गगन थापा

सरकार सहभागी काण्डहरुको जरोमा पुग्नेगरी छानविन हुनुपर्छः गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सहभागी सरकारबाट विभिन्न काण्ड भइरहेको भन्दै त्यसको जरोमा पुग्न आवश्यक भएको बताएका छन् ।

पार्टी मुख्यालय सानेपामा पार्टीको मुखपत्र ‘नेपाल पुकार’ लोकार्पण कार्यक्रममा महामन्त्री थापाले अहिले कांग्रेस सहभागी सरकारमाथि नै प्रश्न उठ्ने गरी काण्डमाथि काण्ड थपिएको भन्दै त्यसको जरोमा पुगेर तथ्य बाहिर ल्याउनु पर्ने बताएका हुन् । 

‘आज हामी सरकारमा छौं । आजको दिनमा कसैले नागरिकलाई गएर सोध्यो भने  कुशासनबाट नागरिकहरु आजित भएका छन् । एउटा काण्ड सेलाउन पाएको हुँदैन् अर्को काण्ड आउँछ, अहिले एनसेल काण्ड आयो यो सेलाउन पाएको हुँर्दैन् अर्को आउँछ ।’ उनले भने, ‘यो काण्डहरु कुशासनसँग जोडिएको छ । कुशासन की नियतसँग जोडिएको, की अभिव्यक्तिसँग जोडिएको छ । हामी सरकारमा भएको बेला कुशासनको घटना,  काण्ड किन भइरहेका छन् ? जरामा के छ ? नेपाल पुकारले यसको बारे चर्चा गर्नुपर्छ ।’ 

उनले सम्पूर्ण काण्डकोहरुको सत्यतथ्य बाहिर ल्याइनुपर्ने बताए । 

Logo