जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न आज जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ।

बैठक आज बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने जसपाका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए।  बस्नेतका अनुसार, बैठक राष्ट्रिय सभाको निर्वाचन र केन्द्रीय समिति बैठक एजेण्डा लगायतमा केन्द्रित रहने छ।

त्यस्तै बैठकमा पार्टीले गत भदौदेखि तीन महिनासम्म सन्चालन गरेको संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा पनि हुने प्रचार,प्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए। 

Logo