आम जनता पार्टीले आजबाट भन्सार विभाग घेराउ गर्ने

आम जनता पार्टीले आजबाट भन्सार विभाग घेराउ गर्ने

केन्द्रबिन्दु
0
Shares

प्रभु साह नेतृत्वको आम जनता पार्टीले आजबाट भन्सार कार्यालय घेराउ गर्ने भएको छ। आम सम्पर्क मञ्चको राष्ट्रिय भेलाले गरेको निर्णय अनुसार पुस १ गतेदेखि भन्सार विभाग घेराउ गर्न लागेको हो।

हिजो सम्पन्न आम सम्पर्क मञ्चको राष्ट्रिय भेला “भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजीको लागि पौष १ गते देखि भन्सार विभागमा धर्ना तथा घेराउ गर्ने निर्णय गरेको अध्यक्ष प्रभु साहले जानकारी दिए।

काठमाडौँ अनामनगरस्थित तमुबुद्ध सेवा समितिको सभाहलमा सम्पन्न उक्त भेलाले श्रीनारायण प्रसादको नेतृत्वमा ७५ सदस्यीय केन्द्रिय समिति एवं मधेश प्रदेश कमिटीको पदाधिकारी समेत घोषणा गरेको थियो।

Skip This
Skip This
Logo