चिवाभन्ज्याङमा अध्यक्ष ओलीले फहराए राष्ट्रिय झण्डा, सकियो ‘समृद्धिका लागि संकल्प यात्रा’

चिवाभन्ज्याङमा अध्यक्ष ओलीले फहराए राष्ट्रिय झण्डा, सकियो ‘समृद्धिका लागि संकल्प यात्रा’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको ‘समृद्धि संकल्प’ पदयात्रा आज मध्यपहाडको पूर्वीविन्दु पाँचथरको चिवाभन्ज्याङमा पुगेर समापन भएको छ । 

आइतबार एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले चिवाभन्ज्याङमा पुगेर जंगे पिलरमा नेपालकाे राष्ट्रिय झन्डा झण्डोत्तोलन गरेसँगै यात्राको समापन भएको हो । पदयात्रा सुरु गर्दा पनि उनले झुलाघाटमा राष्ट्रिय झण्डा फहराएका थिए । 

झुलाघाटदेखि निरन्तर यात्रामा हिँडेका अध्यक्ष ओली १७औं दिनमा पाँचथर सदरमुकाम फिदिम पुगेका थिए । शुक्रबार भने केही अस्वस्थ भएका ओली फिदिमबाट हेलिकोप्टरमा चिवाभञ्जाङ पुगेका थिए । त्यसअघि उनले झुलाघाटदेखि झण्डै दुई हजार किलोमिटर सडक यात्रा गरे र कार्यक्रमहरुलाई सम्बोधन गरे । उनी स्थानीयसँगको अन्तरक्रियामा पनि उत्तिकै सहभागी भएका थिए ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायत क्षेत्रको विकासक सम्भावना बुझ्न अध्यक्ष ओलीको नेतृत्वमा निस्केकाे सङ्कल्प यात्रामा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटीलगायत नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहभागी थिए ।

Logo