सूचना प्रविधिको क्षेत्रमा नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न सक्छः मन्त्री शर्मा

सूचना प्रविधिको क्षेत्रमा नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न सक्छः मन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने तर्क गरेकी छन्।
 
शुक्रबार द सोल्टी काठामाडौँमा आयोजना भएको अपग्राड आईसीटी अवार्ड २०२३ मा बोल्दै प्रमुख अतिथि शर्माले, उनले नेपालले अन्य उद्योग धन्दाभन्दा सूचना प्रविधिको क्षेत्रमा विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने तर्क गरेकी हुन्। 

देशको आर्थिक रूपान्तरणका लागि सूचना प्रविधिको विकास आवश्यक भएको उनको भनाइ छ। कार्यक्रममा बोल्दै शर्माले आईसीटीले अवार्डले यस क्षेत्रमा काम गर्नेका लागि हौसला प्रदान गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिभा देखाउन सघाउने जानकारी दिइन्।

२०७६ सालमा सरकारले स्वीकृत गरेको डिजिटल नेपाल फ्रेमवर्कले आशातित गती लिन नसकेको उनले बताइन्। त्यसका लागि १६ औँ योजनामा डिजिटल नेपाल फ्रेमवर्कलाई पुनरावलोकन गरेर राख्ने तयारी गरेको समेत जानकारी दिइन्।

Logo