‘किसुनजी नेपाली जनतालाई सार्वभौम बनाउने त्यागी व्यक्तित्व’ -सभापति देउवा

‘किसुनजी नेपाली जनतालाई सार्वभौम बनाउने त्यागी व्यक्तित्व’ -सभापति देउवा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने संविधान जारी गर्ने त्यागी व्यक्तित्व भएको धारणा राखेका छन् । 

नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री सन्त नेता भट्टराईको शताब्दी जन्मदिवसका उपलक्ष्यमा आज नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित विमर्शसभामा सभापति देउवाले सन्त नेता भट्टराई नेपालका एक त्यागी व्यक्तित्वका रुपमा आफूले पाएको बताएका हुन् । 

“उहाँलाई मैले नख्खु जेलमा पहिलो पटक भेटेको हो, अत्यन्तै ‘सेन्स अफ ह्युमर’ भएको व्यक्ति हुनुहुन्थ्यो, कहिल्यै चिन्ता नलिने सच्चा त्यागी तथा निर्लोभी व्यक्तित्वका रुपमा उहाँले आफूलाई स्थापित गर्नुभएको थियो”, उनले भने, “उहाँले २०४७ सालमा तत्कालीन राजा र जनता सबैले अपनत्व गर्नेगरी नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन बनाउने संविधान जारी गर्न सफल हुनुभयो । उहाँको त्यागी, सादगीपनका साथै आदर्श व्यक्तित्वका विषयमा अझै खोजी गरेर किताब लेखिनुपर्छ ।” 

सभापति देउवाले आजको समयमा सन्त नेता भट्टराईबाट सिकेर गणतन्त्रात्मक शासन व्यवस्था सुदृढ बनाउनुपर्ने धारणा पनि व्यक्त गरे । 

Logo