संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति खोज्दै प्रधानमन्त्री प्रचण्ड

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति खोज्दै प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पु-याउन बालुवाटारमा शीर्ष तीन दलको नेताहरुबीच बैठक सुरु भएको छ । 

सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको बैठकमा सत्ता गठबन्धन दलका प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा कांग्रेस उपसभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री धनराज गुरुङ, माओवादीका उपमहासचिव वर्षमान पुन, एमालेका सचेतक महेश बर्तौलालगायत नेताहरु सहभागी छन् ।

प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पु-याउन आइतबार पनि शीर्ष दलका नेतासँग बालुवाटारमै छलफल गरेका थिए । तीन दलका शीर्ष नेताहरुबीच संक्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्ण दिन उनले पुनः बैठक राखेका हुन् । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा विचाराधीन छ । उच्च राजनीतिक तहमा सहमति जुटाएर सरकारले हिउँदे अधिवेशनबाट विधेयकलाई टुंग्याउने तयारी गरिरहेको छ ।

Logo