संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीले पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका छन् ।
विश्वविद्यालय स्थापनका लागि डा.जगमान गुरुङको संयोजकत्वमा रहेको समितिको बैठकमा मंगलबार बोल्दै मन्त्री किरातीले गत चैत्रमा गठित समितिको हालसम्मको प्रगति विवरण माग्दै मन्त्रालय स्तरबाट गर्नुपर्ने समन्वय र पहलबारे सुझाउन समेत समितिलाई आग्रह गरेका छन् ।
बैठकमा समितिका सदस्यले हाल अध्ययन, अनुसन्धानसंगै मस्यौदाको चरणमा रहेको बताएका छन् ।
पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक समेत रहेका समितिका सदस्य सचिव डा.घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णयसंगै परिषद्बाट हुने नितिगत निर्णय सहज भएमा विश्वविद्यालय स्थापनाले गति लिने बताए । यो विश्व विद्यालयले विशेष गरि अध्ययन अनुसन्धानलाई प्रथामिकता दिने गरि प्रारम्भिक रुपरेखा बनिरहेको उनको भनाई थियो ।































प्रतिक्रिया