नेकपा एसको केन्द्रीय कमिटी बैठक आजदेखि

नेकपा एसको केन्द्रीय कमिटी बैठक आजदेखि

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ। बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सुरु हुनेछ। 

शुक्रबारसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने महासचिव घनश्याम भुसालले बताए। उनका अनुसार देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे पनि छलफल गरिने छ। 

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यसूची समेत रहेको भुसालले बताए। विधान संशोधन गर्न एकीकृत समाजवादीले आगामी माघ १४ र १५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ।

Logo