पुस १८ भित्र उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई एमालेको निर्देशन

पुस १८ भित्र उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई एमालेको निर्देशन

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस १८ गतेभित्र उम्मेदवारहरू सिफारिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको छ।

एमाले महासचिव शंकर पोखरेलले प्रदेश कमिटीलाई पुस १० गते पत्राचार गर्दै पुस १८ गतेभित्र खाली भएको समूहमा प्रत्येक क्लस्टरबाट एक जना महिलासहित तीन जनाको नाम सिफारिस गरेर पठाउन मातहतका कमिटीहरूलाई निर्देशन दिएका हुन्।

राष्ट्रिय सभामा अध्यक्ष समेत रहेका गणेश तिमिल्सिना, मनोनीत सांसद विमला पौड्याल राईसहित भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, नरपति लुवार, रामचन्द्र राईको पदावधि फागुन २० बाट सकिँदैछ। पदावधि सकिनु एक महिनाअघि निर्वाचन गर्नुपर्ने भएकाले माघ ११ मा निर्वाचन हुन लागेको हो। 

Logo