गगनकाे गर्जन- ‘प्रचण्डलाई बालुवाटारबाट खुमलटार पुर्याउने हैसियत छ’ [भिडियाे]

गगनकाे गर्जन- ‘प्रचण्डलाई बालुवाटारबाट खुमलटार पुर्याउने हैसियत छ’ [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पु-याउने चेतावनी दिएका छन् ।

शनिवार भक्तपुरमा आयोजित क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले दाहाललाई कांग्रेसले प्रधानमन्त्री बनाएको भन्दै राम्रो काम गर्न नसके खुमलटारबाट बालुवाटार फर्काउने चेतावनी दिएका हुन् । खुमलटारबाट बालुवाटार ल्याउने हैसियत काँग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि काँग्रेसले राख्ने उनको तर्क छ । 

उनले भने,‘प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने खुमलटारबाट बालुवाटार ल्याउने हैसियत काँग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि काँग्रेसले राख्छ ।’

उनले नेपाली कांग्रेसको अस्तित्वलाई नजरअन्दाज गरियो भने देश गृहयुद्धमा फस्ने चेतावनी दिए । ‘अहिले नेपाली काँग्रेस पार्टी छैन भन्ने कल्पना गर्नुभयो भने नेपाल कुनै न कुनै गृहयुद्धमा पर्छपर्छ । कि त धार्मिक, कि जातिय, कुनै न कुनै अतिवादमा नेपाल गाँजिन्छ पर्छ ।’ उनले भने ‘काँग्रेसले सरकार चलाउने कुरामा योग्यता राख्न सकिरहेको छैन मान्नु पर्छ हामीले । अब अहिले फेरि हामीले जिम्मा पाएका छौँ । कसैलाई दोष दिन मिल्दैन् । यो बेला हामीले काम गर्नुपर्छ ।’

महामन्त्री थापाले आजको सबैभन्दा ठूलो नेपालको मुद्दा रोजगारी रहेको भन्दै बालकुमारीमा घटेको घटना प्रति दुःख व्यक्त गरे । उनले भने, ‘आजको समस्याको चर्चा जुन भयो, त्यसको सम्बोधन कसले गर्ने त ? आजको सबैभन्दा ठूलो नेपालको मुद्दा रोजगारीको हो । बालकुमारीमा जुन घटना भयो  त्यो दुःखद् घटना हो दुई जवानहरु हामीले गुमाऔं सानो नोक्सान हो त्याे ?’

उनले राष्ट्रिय सभा सदस्य मनोनयन गर्न लामो छलफल गरेपनि पार्टी सभापतिको गोजीबाट नै अन्तिममा नाम टुंगो लाग्ने परिपाटी अन्त्य गर्नुपर्ने तर्क राखे  ।

भिडियाे- https://fb.watch/pfN-gWvyKu/

Skip This
Skip This
Logo