सांस्कृतिक परम्पराको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमार्फत मुलुकलाई समृद्ध बनाउन सकिन्छः राष्ट्रपति पौडेल

सांस्कृतिक परम्पराको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमार्फत मुलुकलाई समृद्ध बनाउन सकिन्छः राष्ट्रपति पौडेल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्। 

तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उनले पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्। 

राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ विश्वास व्यक्त गरे।

नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उनले बताए। 

नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएको अवसरको रूपमा पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै हर्षोल्लासका साथ ल्होसार पर्व मनाउने गरेका छन्। 

Skip This
Skip This
Logo