जन्मदिनकै दिन किन आलोचित बने मुख्यमन्त्री कार्की ?

जन्मदिनकै दिन किन आलोचित बने मुख्यमन्त्री कार्की ?

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आइतबार बिहान एक वक्तव्यमार्फत् गुरुङ समुदायको विशेष पर्व तमु ल्होसारको उपलक्ष्यमा शुभकामना व्यक्त गरे । उनले नेपाल बहुधार्मिक एवम् बहुसाँस्कृति मुलुक भएको बताउँदै तमु ल्होसारले आम नेपालीबीच भातृत्व र एकताको भावना बढाउने विश्वास पनि व्यक्त गरे । तर, आलोचनाको शिकार बने । कारण थियो, ‘बेनामे प्रदेशको लेटर हेड ।’ 

tamu-losar-(1)

जारी गरेको शुभकामना वक्तव्यमा देब्रेपट्टि ‘मुख्यमन्त्री’ र दाहिने पट्टि ‘विराटनगर नेपाल’ उल्लेख गरेका छन् । हस्ताक्षर गरेको स्थानमा पनि ‘केदार कार्की, मुख्यमन्त्री’ लेखिएको छ । वक्तव्यमा उल्लेखित शुभकामना सन्देशहरूमा कोशी शब्द कतै पनि उल्लेख छैन । अनि प्रश्न उठ्न थाल्यो मुख्यमन्त्री कार्कीलाई आफू कोशी प्रदेशको सरकार प्रमुख भन्न किन संकोच लागेको होला ?

आज उनको जन्मदिन पनि हो ।  उनका शुभचिन्तकहरुले सामाजिक सञ्जालबाट उनलाई जन्मदिनको शुभकामना दिइरहँदा धेरैले उनको आलोचना पनि गरिरहेका थिए । 

तीव्र आलोचना भएपछि मुख्यमन्त्री कार्यालयले शुभकामना सन्देश सच्याएको छ । ‘तमु ल्होसारको अवसरमा माननीय मुख्यमन्त्रीज्यूले जारी गर्नुभएको शुभकामना सन्देशमा कोशी प्रदेश छुट्न गएकोमा सच्याइएको छ’ भन्दै मुख्यमन्त्री कार्यालयले फेरि प्रदेशको नाम राखेर सन्देश जारी गरेको हो । 

12

Logo