भारतीय समकक्षी जयशङ्करकाे भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री साउदले गरे छलफल

भारतीय समकक्षी जयशङ्करकाे भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री साउदले गरे छलफल

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरुसँग छलफल गरेका छन् । भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणको पूर्वसन्ध्यामा आज उनले उक्त छलफल गरेका हुन् । 

छलफलका क्रममा पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतबाट नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीमा सुझाव दिएको मन्त्री सादउले जानकारी दिए । “उहाँहरुले भारतसँगको नेपालको सम्बन्ध महत्वपूर्ण रहेकामा जोड दिँदै सम्बन्धलाई मित्रवत् सुमधुर र पारस्परिक हितमा आधारित साझेदारीका रुपमा अगाडि बढाउँदै लैजानुपर्ने सुझाव दिनुभयो” उनले भने ।

छलफलमा बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनुपर्ने, विद्युत् व्यापारलाई विस्तार गर्नुपर्ने, क्रस बोर्डर पूर्वाधार सुदृढ गर्नुपर्ने, विगतमा थालिएका विकास आयोजना समयमै सम्पन्न गर्न जोड दिनुपर्ने, हवाई रुटलगायतका विषय सम्बोधन गर्नुपर्ने विषयमा पनि सुझाव प्राप्त भएको उनले बताए ।

मन्त्रालयमा सम्पन्न छलफलमा पूर्व परराष्ट्रमन्त्री डा भेषबहादुर थापा, पूर्व परराष्ट्र सचिवहरु मधुरमण आचार्य, अर्जुन थापा, दुर्गा भट्टराई, भरत पौडेल, पूर्व राजदूत दुर्गेशमान सिंहलगायतको सहभागिता रहेको थियो ।

Logo