राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्री जयशंकरको भेटर्वाता

राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्री जयशंकरको भेटर्वाता

केन्द्रबिन्दु
0
Shares

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटर्वाता गरेका छन्। आज नेपाल आइपुगेका  विदेशमन्त्री एस जयशंकरले  राष्ट्रपति निवास शीतल निवासमा  राष्ट्रपति पौडेलसँग भेटर्वाता गरेका हुन्। 

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएको उनको सचिवालयले जनाएको छ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भिरतापूर्वक काम  गर्न जरुरी रहेको बताएका थिए ।

परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन आज नेपाल आइपुगेका मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन्

Skip This
Skip This
Logo