कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।
मंगलबारको प्रदेश सभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्ट निर्विरोध सभामुख चयन भएको घोषणा गरेकी हुन् । राप्रपा सासद भक्तीप्रसाद सिटौला प्रस्तावक र अर्का सांसद प्रेमराज थाम्सुहाङ समर्थक रहेर विष्टले सभामुख पदमा उम्मेदवारी दिएका थिए।
प्रदेशस्थित सत्ता गठबन्धनका दलहरूले सभामुखका रूपमा अघि सारेपछि उनलाई प्रमुख विपक्षी नेकपा एमालेले पनि समर्थन गरेको थियो।
झापा गौरादहका ७० वर्षीय विष्ट राप्रपाबाट निर्वाचित समानुपातिक सांसद हुन्।





























प्रतिक्रिया