कानून समितिको बैठक बस्दै, भारतसँग भएका सम्झौताबारे प्रधानमन्त्रीले जानकारी दिने

कानून समितिको बैठक बस्दै, भारतसँग भएका सम्झौताबारे प्रधानमन्त्रीले जानकारी दिने

केन्द्रबिन्दु
0
Shares

संघीय संसद्को कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बुधबार बिहान बस्दैछ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछन्।

बैठक बुधबार बिहान ११ बजे सिंहदरवारस्थित समितिको सभाकक्षमा बस्ने समितिका सचिव अधि राज राईले जानकारी दिए। उनका अनुसार बैठकमा प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच पछिल्लो समय भएका सम्झौताका विषयमा जानकारी गराउने कार्यसूची छ। 

गत शुक्रबार परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस. जयशंकरको भ्रमणका क्रममा भएका सहमति र सम्झौताका विषयलाई लिएर अहिले चौतर्फी प्रश्न उठिरहेको छ भने सरकारको आलोचनासमेत भइरहेको छ। 

त्यसबारे समिति र सांसदहरूको चासोमा प्रधानमन्त्री दाहाल आफैँ उपस्थित भएर सम्बोधन गर्न लागेका हुन्। विदेशमन्त्री जयशंकरको भ्रमणका क्रममा नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो भने सरकारले भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको परियोजना सिधैं समुदायमा गएर सञ्चालन गर्न सक्ने सम्झौतामा समेत सहमति गरेको थियो। बुधबारै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। 

बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुने जनाइएको छ। 

Skip This
Skip This
Logo