दुर्गा पौडेललाई राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न जनमोर्चाको प्रस्ताव

दुर्गा पौडेललाई राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न जनमोर्चाको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष दुर्गा पौडेललाई राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको महिला सदस्यमा नियुक्त गर्न प्रस्ताव गरेको छ। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो प्रस्ताव गरेका हुन्।

साथै जनमोर्चाले राष्ट्रिय सभाको आगामी चुनावमा गठबन्धन पक्षधर सबै उम्मेदवारहरूलाई विजय बनाउन सबै मतदाताहरूसँग अपिल गरेको छ। जनमोर्चाका गण्डकी र लुम्बिनीका केही जिल्लाहरूमा मात्र मतदाताहरू छन्। जनमोर्चाको गण्डकीमा ५७ र लुम्बिनीमा १२९ गरी १८६ मतभार रहेको छ।

Logo