काँग्रेसलाई सुदृढ बनाउन थप मिहिनेत आवश्यक छः प्रकाशमान सिंह

काँग्रेसलाई सुदृढ बनाउन थप मिहिनेत आवश्यक छः प्रकाशमान सिंह

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेसलाई नम्बर एक पार्टी बनाइरहन थप मिहिनेत आवश्यक रहेको बताएका छन्।

आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले सबैले आ-आफ्नो जिम्मेवारी इमानदारीताका साथ पूरा गरे पार्टी सुदृढ हुने र नम्बर एक रहिरहने बताएका हुन्। 

पार्टीलाई बलियो बनाउन सिर्जनात्मक र तथ्यगत सुझाव दिन आग्रह गर्दै उनले क्रियाशील सदस्यदेखि पदमा रहेकाहरूसमेत जिम्मेवार हुनुपर्नेमा जोड दिए।

एक अर्कालाई आक्षेप लगाएर पार्टी उँभो नलाग्ने भन्दै उनले भने,‘कार्यकर्तामा नैराशयता आउनु राम्रो कुरा होइन, सबैले राम्रो परफर्मेन्स गरे हामी नम्बर एक रहिरहन्छौँ।’ नेता सिंहले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी रहेकाले मुद्दाहरूमा नेताहरूबाट फरक मत आउनु स्वाभाविक भएको पनि बताए।

Logo