बजेटले सम्पूर्ण क्षेत्रलाई निरास बनाएको सांसद सिंहको आरोप

बजेटले सम्पूर्ण क्षेत्रलाई निरास बनाएको सांसद सिंहको आरोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले ल्याएको बजेटले सम्पूर्ण क्षेत्रलाई निरास बनाएको आरोप लगाएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकको बजेट छलफलमा बोल्दै सांसद सिंहले सो आरोप लगाएका हुन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका साथै देशका समसामयिक समस्या समाधान गर्न बजेट बिफल भएको उनको भनाइ छ । ‘सरकारले कोरोनालाई सामान्य रुपमा लिएको बजेटले देखाउँछ’–उनले भने–‘बजेटमा कोरोना संक्रमण रोकिएपछि ७ प्रतिशत आर्थिक वृद्धि भइहाल्छ भन्ने मनसाय देखिन्छ । संक्रमण रोकथाम, नियन्त्रणलाई जति गम्भीरताका साथ सरकारले लिनुपर्ने हो, त्यति प्राथमितामा राखेकाे देखिदैन्।’

गत जेठ १५ मा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्ष २०७७ ७८ को बजेट प्रस्तुत गरेका थिए । डा. खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेका थिए ।

Skip This
Skip This
Logo