संविधान संशोधनबारे छलफल गर्न काँग्रेस बैठक बस्दै

संविधान संशोधनबारे छलफल गर्न काँग्रेस बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाली काँग्रेसले सङ्घीय संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्ने बैठकमा संविधान संशोधन प्रस्ताव लगायत समसामयिक विषयमा छलफल हुने काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

जेठ ११ गतेको काँग्रेस केन्द्रीय पदाधिकारी बैठकले सरकारद्वारा संसदमा प्रस्तुत संविधान संशोधन सम्बन्धी विषयमा आवश्यक निर्णय गर्न पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज केन्द्रीय समिति बैठक बोलाइएको हो ।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्सा अनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि जेठ ९ गते सङ्घीय संसदमा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयक दर्ता गराएको थियो ।

Logo