भोलि हुने विरोध सभामा सहभागी हुन कांग्रेस सभापति देउवाको अपिल

भोलि हुने विरोध सभामा सहभागी हुन कांग्रेस सभापति देउवाको अपिल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माघ ३ गते (भोलि) हुने विरोध सभामा सहभागी हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशका ७५३ वटै स्थानिय तहमा भोलि विरोध प्रदर्शन गर्दैछ ।

यस अघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध सभा गरिसकेको छ । यस्तै पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको कांग्रेसले भोलि ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । यस्तै माघ ८ गते सबै वडाहरुमा विरोध गर्ने कांग्रेसले जनाएको छ ।

‘पार्टीका सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु’ देउवाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरिएपछि काँग्रेसले यस विरुद्ध देशव्यापी प्रदर्शन गरिरहेको छ ।

 

Logo