नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुग्यो, ३४ जना निको भए

नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुग्यो, ३४ जना निको भए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कपिलवस्तुमा आज पनि थप एक जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ।

आज पछिल्लो पटक भेटिएका नयाँ संक्रमित कपिलवस्तुको कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय युवक हुन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

यसअघि धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा नयाँ संक्रमित भेटिएका थिए । उनी बाँके जिल्ला स्थित नेपालगंजका ३६ वर्षिय पुरुष हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म भेटिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नेपालमा हालसम्म ३४ जना निको भएका छन् ।

Skip This
Skip This
Logo