नेपाली भूमि अतिक्रमणबारे राष्ट्रसंघमा आवाज उठाउन अध्यक्ष थापाको माग

नेपाली भूमि अतिक्रमणबारे राष्ट्रसंघमा आवाज उठाउन अध्यक्ष थापाको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाली भूमि अतिक्रमणबारे राष्ट्रसंघमा आवाज उठाउनुपर्ने बताएका छन् । अध्यक्ष थापाले शनिबार ट्वीट गर्दै त्यस्तो माग गरेका हुन् ।

भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको थियो । जसको भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका थिए ।

भारतीय मिचाहा प्रवृत्ति विरुद्ध सरकारको वक्तव्य सहि भएको थापाको भनाइ छ । ‘नेपाली भूमि अतिक्रमण गरी बाटो बनाउने भारतीय मिचाहा प्रवृत्ति विरुद्ध सरकारको वक्तव्य सहिछ ।’ –उनले ट्वीटरमा लेखेका छन्–‘सो भावना अनुरुप भारत सरकारलाई विरोध पत्र पठाउन, भारतीय राजदुतलाई बोलाई विरोध जनाउन र राष्ट्रिय सहमति कायम गरी राष्ट्र संघमा आवाज उठाउने लगायत अन्य कदम चाल्न सरकारसंग आग्रह गर्दछु ।’

Logo