काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रतिक्षित सचिवालय बैठकले आउँदो २५ गतेकालागि स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । स्थायी समिति बैठक बोलाउन २० सदस्यले लिखित माग गरेका थिए ।
दुई अध्यक्षलाई समान स्थानमा उस्तै कुर्सी–टेवलमा आसनग्रहण गराएर सुरु भएको सचिवालय बैठक निकै ठूलो विवादकावीच भएपनि अपेक्षाकृत परिणाम भने आएन । बरु दुई अध्यक्षको सम्बन्ध सुधार र पार्टी एकताको सवालमा निर्णय गरेर बैठक समापन भयो । महत्वपूर्ण पक्ष चाहिँ प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले आत्मालोचना गरेका छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा सवैजसो सदस्यहरुले आआफ्नो कमजोरी स्वीकारेका थिए । अघिल्लो बैठकमा माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने ओलीको प्रस्ताव पनि टुगिंएको छ । यस प्रस्तावमा नेता नेपाल नै अनिच्छुक भएपनि ‘च्याप्टर क्लोज’ भएको पनि प्रवक्ता श्रेष्ठले जनाएका छन् ।
अघिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री र अध्यक्षवाट केपी ओलीको राजीनामा मागिएको थियो । सोही बमोजिम ओलीले कोरोना महामारीपछी प्रधानमन्त्री बामदेव गौतमकालागि छोड्ने र माधव कुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए । ओलीको प्रस्तावमा ‘होमवर्क’ गर्ने भन्दै बैठक आजकोलागि सारिएको थियो । यसको बदला बैठकले उपयुक्त समयमा बामदेव गौतमलाई प्रतिनिधिसभामा प्रतिनिधित्व गराउने निर्णय गरेको छ ।
आज दिनभरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको आजको सक्रियता उल्लेख्य रहेको थियो । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, अर्का अध्यक्ष प्रचण्ड, सचिवालय सदस्यहरु बामदेव गौतम, रामबहादुर थापा, ईश्वर पोखरेल, विष्णु पौडेल लगायतसँग छुट्टा छुट्टै भेट गरेका थिए । खासगरी बामदेव र प्रचण्डसँगको भेटलाई अर्थपूर्ण रुपमा बुझिएको थियो ।































प्रतिक्रिया