नेकपाको सचिवालय बैठक चल्दै

नेकपाको सचिवालय बैठक चल्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाको सचिवालय बैठक चल्दै रहेको जानकारी दिए ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बैठक शुरु भएको हो ।

पार्टीभित्र विकसित पछिल्लो स्थितिको समीक्षा गर्दै पार्टीको आगामी कार्यदिशा तय गर्न बैठक बसेको हो । सरकारले पछिल्लो समयमा राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद्को कार्यक्षेत्र संशोधन सम्बन्धी अध्यादेश जारी र खारेज गराएको, पार्टी एकताका बाँकी कामले पूर्णता नपाएको, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएकोलगायत सन्दर्भमा नेकपाभित्र विवाद देखिएको छ ।रासस

Logo