काठमाडौं ।
सरकारले पछिल्लोपटक थपिएको लकडाउनको समय भोलिदेखि सकिंदैछ । लकडाउन थप्ने वा हटाउने भन्ने विषयमा सरकारले केहि निर्णय गरेको छैन । यस विषयमा निर्णय गर्न आज मन्त्रिपरिषदको बैठक बस्दैछ ।
यसअघि शनिबार बसेको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको थियो । यससँगै लकडाउन पनि कम्तीमा एक हप्ता थप्ने तयारी सरकारले गरेको बताइएको छ । यद्यपी यसविषयमा कुनै निर्णय भने गरेको छैन ।
शनिबार बसेको समिति बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु मे १५ तारिखसम्म बन्द गर्ने निर्णय गरेको हो । यसअघि अप्रिल ३० सम्म उडानहरु बन्द थिए । समन्वय समितिले उडानहरु बन्द गर्ने निर्णय गरेपनि लकडाउनको विषयमा भने केही निर्णय गरेको थिएन ।
लकडाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरुको विषयमा बैठकमा समीक्षा भएपनि समय थप्ने वा खुकुलो बनाउने भन्ने विषयमा केही निर्णय नभएको मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए । लकडाउनको विषयमा आज बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने सचिव विडारीले बताए ।





























प्रतिक्रिया