राष्ट्रपतिबाट दुवै अध्यादेश खारेज

राष्ट्रपतिबाट दुवै अध्यादेश खारेज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गत सोमबार सरकारले जारी गरेका २ अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आज खारेज गरेकी छिन् । उनले बैशाख ८ गते आफैंले प्रमाणीकरण गरेका दुवै अध्यादेश आज खारेज गरेकी हुन् ।

बैशाख ८ गते सरकारले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी २ अध्यादेश ल्याएकोमा आज बसेको मन्त्रिपरिषद बैठकले खारेज गर्ने निर्णय गरेपछि राष्ट्रपतिले दुवै अध्यादेश खारेज गरेकी हुन् । राष्ट्रपति कार्यालयले आज दुवै अध्यादेश खारेज भएको जानकारी दिएको छ ।

चौतर्फी आलोचना भएपछि सरकारले अध्यादेश फिर्ताको निर्णय गरेको थियो ।

 

Logo