प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यादेश फिर्ता लिने भएका छन् । पार्टी भित्रको दबाबपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन लागेका हुन् ।
बिहिबार बिहान नेताहरुसँग भेटवार्ता गर्दै ओलीले आफू अध्यादेश फिर्ता लिन तयार भएको बताएका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अध्यादेशकै कारण पार्टीमा हलचल आएको भए आफू त्यसलाई फिर्ता लिन तयार भएको बताएका हुन् । गत सोमबार सरकारले दुई अध्यादेश जारी गरेको थियो । जसका कारण नेकपाभित्र र प्रतिपक्षी दलमा समेत तीव्र आलोचना हुँदै आएको थियो ।

प्रधानमन्त्री ओलीले आफूले जारी गरेका अध्यादेश खारेज गरेमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि खारेज गर्नुपर्ने हुन्छ । संविधानको धारा ११४ को १ ख मा राष्ट्रपतिबाट जुनसुकै बेला पनि अध्यादेश खारेज हुन सक्ने प्रावधान छ।

Skip This
Skip This
Logo