मध्यरातमा समाजवादी र राजपा एक हुने सहमती

मध्यरातमा समाजवादी र राजपा एक हुने सहमती

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आज राती समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरुले पार्टी एकता गर्न सहमति गरेका छन् । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राख्ने टुंगो गरेका छन् भने पार्टीको झण्डा समाजवादीको हुने र चुनाव चिन्ह राजपाको छाता हुनेछ ।

नीतिगत सहमती गरेपनि नेतृत्व कस्तो हुने भन्ने विषयमा कुनै उल्लेख गरिएको छैन । सहमती पत्रमा भने दुवै पार्टीका चार–चार नेताले हस्ताक्षर गरेका छन् । राजपा अध्यक्ष मण्डलका अध्यक्ष शरतसिंह भण्डारी निवासमा उक्त सहमती भएको जनाईएको छ । सहमती पत्रमा राजपाका तर्फवाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादीका तर्फवाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

राजपाका ६ मध्ये ४ अध्यक्ष मात्रै एकता कार्यक्रममा सहभागी रहेका थिए । अनिल झा र राजकिशोर यादव भने सहभागी रहेनन् । त्यसैगरी समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादव पनि एकता कार्यक्रममा देखापरिनन् ।

तस्बिर –विश्वदीप पाण्डेको फेसबुकवाट

Skip This
Skip This
Logo