सचेत प्रयासबाटै कोरोना सङ्क्रमण नियन्त्रण गर्न सकिन्छ : मन्त्री भट्टराई

सचेत प्रयासबाटै कोरोना सङ्क्रमण नियन्त्रण गर्न सकिन्छ : मन्त्री भट्टराई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सबैको सचेत प्रयासबाट मात्र कोरोना भाइरस नियन्त्रण हुने बताएका छन् । आज बिहान ताप्लेजुङका सञ्चारकर्मीसँग भिडियो कन्फरेन्समार्फत छलफल गर्दै मन्त्री भट्टराईले कोरोना सङ्क्रमणको कुनै औषधि र खोप विकास नभएकाले सचेतनाबाटै नियन्त्रण गर्नु नै पहिलो विकल्प भएको उल्लेख गरे ।

सङ्क्रमणविरुद्ध सावधानी नअपनाएका मुलुकमा देखिएको सङ्कट र शुरुदेखि नै यसको नियन्त्रणमा जुटेका मुलुकको अभ्यासबाट शिक्षा लिँदै नेपाल सरकारले कोरोनाको नियन्त्रण र जोखिम व्यवस्थापनमा योजनाबद्ध ढङ्गले काम गरेको उनले स्पष्ट पारे । कोरोना भाइरसविरुद्ध सञ्चालन गरिएको सचेतना अभियानदेखि हालसम्म सरकारले अपनाएका विधि सफल भएको र यसलाई अन्तर्राष्ट्रिय सङ्घसंस्थाले समेत राम्रो ठानेको उनको भनाइ छ ।

यस्तै लकडाउन कहिलेसम्म राख्ने/नराख्ने भन्ने विषय नेपालको मात्रै परिस्थितिमा निर्भर नरहेको उनले बताए । सङ्क्रमणले उत्पन्न हरेक परिस्थितिको नियमित विश्लेषण गर्दै आवश्यक नीति र योजनाका साथ सरकारले काम गरिरहेको भन्दै उनले थप परिस्थतिलाई हेरी काम गर्ने बताए ।

यसैबीच कोरोनाको सङ्क्रमणले नेपालको अर्थतन्त्र, पर्यटन लगायत क्षेत्रमा नकारात्मक प्रभाव पुर्याएको भन्दै उनले यसलाई उकास्न नयाँ ढङ्गले काम गर्ने बताए। आर्थिक अवस्थालाई सुधार गर्न सरकारले बैंकको ब्याजदर घटाउने, बैंकको ऋण बुझाउने म्याद थप गर्ने, व्यवसायीलाई सस्तो ब्याजदरमा ऋण प्रवाह गर्ने जस्ता कुरामा ध्यान दिने पनि बताए ।रासस

Skip This
Skip This
Logo