नेकपाको आकस्मिक सचिवालय बैठक सकियो, के भयो निर्णय ?

नेकपाको आकस्मिक सचिवालय बैठक सकियो, के भयो निर्णय ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक सचिवालय बैठक केहिबेर अघि सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बैठक बसेको थियो।

आजै बसेको मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि नेकपाले आकस्मिक सचिवालय बैठक बोलाएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बसेको बैठकमा आज जारी गर्न मन्त्रिपरिषदले निर्णय गरी अघि बढाएका अध्यादेशहरूको बारेमा छलफल भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरू जारी गर्न निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराएका थिए । तत्पश्चात् अन्य सदस्यहरुले यस सम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भ लगायतमा आआफ्नो धारणा राखेका थिए ।

बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमणविरूद्ध जारी लडाईंमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नु पर्ने आवश्यकतामा विशेष जोड दिएको सो पार्टीका प्रवक्ता श्रेष्ठद्वारा बैठकपछि जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Skip This
Skip This
Logo