काठमाडौं ।
गृह मन्त्रायलले नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेकोमा बहुलराष्ट्रिय समाजवादी पार्टी नेपालले विज्ञप्ती मार्फत विरोध जनाएको छ । सो पार्टीका अध्यक्ष किशोर कुमार विश्वासका अनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्कम संविधानको प्रस्तावना, मर्म, भावना र समावेशी समानुपातिक प्रावधान विपरित बढुवा गरिएको हो ।’
विज्ञप्तीमा भनिएको छ – ‘विश्वभरी र नेपालमा समेत महामारीको रुपमा कोरोना भाइरसको संक्रमण र लकलाउन जारी भएको अवस्थामा राज्यका प्रमुख अंगहरु निजामती कर्मचारी, सुरक्षा निकाय लगायतको उच्च मूल्यांकन र मनोबल बढाउनु पर्ने आवश्यकता विपरित वर्तमान सरकार बृत्ति र मनोबल गिराउने चलखेलमा क्रियाशील छ ।’ विज्ञप्तीमा अगाडि भनिएको छ, ‘बारम्बार यस्ता संवैधानिक ब्यवस्था विपरित निर्णय, निश्कर्ष र काम कारवाही अबिलम्ब बन्द गरिनु पर्दछ ।’ अध्यक्ष विश्वासले चेतावनी दिँदै लेखेका छन् ‘अन्यथा, भविष्यमा हुने जन विरोधको जिम्मेवार स्वयं सरकार र सरोकारवालाहरु हुनेछन् ।’
वढुवा सिफारिसको पहिलो नम्बरमा घनश्याम अर्याल छन् । त्यसैगरी बढुवा हुनेमा क्रमश : प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धिरज प्रताप सिंह, वसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसी रहेका छन् । प्राविधिक बाहेक नेपाल प्रहरीमा २६ जना डिआइजीको दरबन्दी रहेकोमा सरकारले घटाएर १४ जना पारेको थियो । ४ जना पहिलादेखि नै कार्यरत रहेकाले हाल १० जनालाई बढुवा गरिएको हो । निकै समयको गृहकार्य पछि १० जनाको बढुवा गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ । तर, विश्वासको विज्ञप्ती अनुसार बढुवा समावेशिताको मर्म र भावना विपरित छ ।
प्रेस विज्ञप्ती जस्ताको त्यस्तै
०७६ चैत २८ गते नेपाल सरकारले नेपाल प्रहरीका १० जना बरिष्ट उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महारीक्षक (डिआइजी) मा बढुवा गरेकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्कम संविधानको प्रस्तावना, मर्म, भावना र समावेशी समानुपातिक प्रावधान विपरित बढुवा गरिएको हाम्रो ठहर छ । विश्वकै सर्वोत्कृष्ठ महान संविधानको सुगा रटाई विपरीत वर्तमान सरकारले पनि एकांगी, नश्लवादी र विभेदपूर्ण नीति, निर्णय र काम–कारवाहीहरु गरिरहेको हाम्रो पार्टीको ठहर छ ।
राज्यका विभिन्न अंग, तह, र सुरक्षा निकायमा बरिष्ठता र कार्यसम्पादन मूल्यांकन, बृत्ति विकाश विपरित प्रहरी बरिष्ठ उपरीक्षकहरुको प्रहरी नायव महानिरिक्षकमा बढुवा भएको छ । नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र पूर्व पञ्चहरुको पार्टीको राज्य सञ्चालनको नीति साम्प्रदायिक, जातीय र नश्लवादी मानसिकता र चिन्तनमा कुनै अन्तर आज पनि आम जनताले अनुभूती गर्न पाएका छैनन् ।
विश्वभरी र नेपालमा समेत महामारीको रुपमा कोरोना भाइरसको संक्रमण र लकलाउन जारी भएको अवस्थामा राज्यका प्रमुख अंगहरु निजामती कर्मचारी, सुरक्षा निकाय लगायतको उच्च मूल्यांकन र मनोबल बढाउनु पर्ने आवश्यकता विपरित वर्तमान सरकार बृत्ति र मनोबल गिराउने चलखेलमा क्रियाशील छ । बारम्बार यस्ता संबैधानिक ब्यवस्था विपरित निर्णय, निश्कर्ष र काम कारवाही अबिलम्ब बन्द गरिनु पर्दछ । अन्यथा, भविश्यमा हुने जन विरोधको जिम्मेवार स्वयं सरकार र सरोकारवालाहरु हुनेछन् भन्ने सजग र सचेत समेत गराउँदछौं ।
किशोर कुमार विश्वास
अध्यक्ष, बहुलराष्ट्रिय समाजवादी पार्टी नेपाल
२०७६।१२।२९





























प्रतिक्रिया