काठमाडौं ।
नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले भ्रमपूर्ण हेडलाइन बनाएर समाचार सम्प्रेषण गरेको गरेको भन्दै आपत्ति जनाएका छन्।
एक टेलिभिजनसँगको अन्तर्वार्तामा महतले मध्यावधि निर्वाचन मागेको शीर्षक बनाएर एउटा अनलाइनले समाचार प्रकाशन गरेको थियो । तर, महतले आफूले अहिले कोरोनाको संक्रमणका कारण विश्व प्रताडित बनिरहेका बेला मध्यावधि निर्वाचनको माग नै नगरेको बताएका छन् । आफूले सरकारको आलोचना गरेको सहन नसक्नेहरु अहिले मध्यावधि मागेको भन्दै सामाजिक सन्जालमा विरोध गरिरहेको पनि उनले बताए ।
‘पूरै अन्तर्वार्ता हेर्नुभयो भने अहिले मध्यावधि चाहियो भनेर मैले भनेको कतै पाउनुहुन्न,’ महतले भने, ‘ यस्तो विपतको बेलामा पनि भ्रष्टाचार हुन थाल्यो । सरकारले राम्रोसँग जनताको पक्षमा काम गर्न सकेन । त्यसकारण संक्रमण सकिइसकेपछि देशमा के अवस्था आउनसक्छ भन्ने सन्दर्भमा विभिन्न उपाय हुनसक्छ । जसमध्ये मध्यावधि पनि हुनसक्ला भनेको थिएँ । त्यसलाई बंग्याएर हेडलाइन राखेर समाचार बनाइयो ।’ उनले हेडलाइन मात्र हेरेर प्रतिक्रिया नदिन पनि आग्रह गरे । उनले अन्तर्वार्तामा मेडिकल सामाग्री खरिदमा भएको घोटाला छानविन गर्न माग गरेका थिए ।






























प्रतिक्रिया