काठमाडौं ।
संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार नांगो कि मातृभूमि फर्किन ज्यान जोखिममा राखेर नदीमा हाम फाल्ने नागरिक भन्दै प्रश्न गरेका छन् । नोवेल कोरोना भाइरसको संक्रमण रोक्न २१ दिनसम्म भारतीय सरकारले लकडाउन गरेसँगै नेपाल फर्किएका नागरिकलाई सीमा नाकामा रोक्दा नदीमा हाम फाली नेपाल प्रवेश गर्न खोज्दा प्रहरीले पक्राउ गरी बजार घुमाएको तस्वीर सार्वजनिक गर्दै डा. भट्टराईले त्यस्तो प्रश्न गरेका हुन् ।
उनले विश्व नोवेल कोरोना (कोभिड–१९) का विरुद्ध लडि रहेका बेला सरकारले खरिद गरेको स्वास्थ्य समाग्रीमाथि भएको आर्थिक चलखेलमा पनि कमरेडहरुको लाज खै भन्दै प्रश्न गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्–‘आफ्नो मातृभूमि फर्कन ज्यान जोखिममा राखेर नदीमा हाम्फाल्ने नागरिक नांगो कि आफ्ना नागरिकको रक्षा गर्न नसक्ने र उल्टै ती नागरिकलाई अपमान गर्दै बजार घुमाउने सरकार नांगो ? यस्तो हर्कत गर्ने र महामारीको वेलामा पनि स्वास्थ्य सामाग्री खरिदमा करोडौंको भ्रष्टाचार गर्ने कमरेडहरूको लाज खोइ ? ।’
’





























प्रतिक्रिया