काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले प्रधानमन्त्री ओलीलाई अझै केही दिन अस्पतालमा राखिने जानकारी दिएकी छन् ।
ओलीको मिर्गौला प्रत्यारोपण गरिएको साँतौ दिन पत्रकारसँग कुरा गर्दै डा. शाहले अझै केही दिन अस्पतालमा राख्ने बताएकी हुन् ।
प्रधानमन्त्रीको अहिलेको स्वास्थ अवस्थालाई हेर्दा तत्काल डिस्चार्ज गर्न सकिने अवस्था भए पनि पारिवारिक स्रोतले आग्रह गरेकाले केही समय अस्पतालमा नै राखिने उनको भनाइ छ ।
‘प्रधानमन्त्री ओली ज्यूको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । अहिले नै डिस्चार्ज गर्दा हुन्छ’– उनले भनिन्–‘तर पारिवारिक स्रोतले आवश्यक तयारी गर्न समय मागेकाले केही समय अझै अस्पतालमा नै बस्नु हुन्छ ।’
प्रधानमन्त्री ओलीको गत बुधबार त्रिभुवन विश्वविद्यालयको महाराजगन्जस्थित शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
१३ वर्ष अगाडि प्रत्यारोपण गरेको प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएको भन्दै फागुन २१ मा दास्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियोे ।































प्रतिक्रिया