‘ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा’ : ईश्वर पोखरेल

‘ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा’ : ईश्वर पोखरेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा भएको दावी गरेका छन् ।

शुक्रबार काठमाडौंमा नेकपा ओली समूहको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित जनप्रतिनिधि भेलामा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा भएको दावी गरेका हुन् ।

उनले सूर्य चिन्ह कस्को हुन्छ भन्ने कुरामा समेत द्विविधामा नपर्न आग्रह गरे । आधिकारीक नेकपा जसको हुन्छ उसैको सूर्य चिन्ह हुने भएकाले सूर्च चिन्ह आफूहरुको नै हुने बताए । यदी कानूनी रुपमा अल्झो टुङ्गीन बाँकी भएपनि अन्त्यमा ओली समूहले नै पार्टीको नाम र सूर्य चिन्ह पाउने बताए ।

स्थानीय जनप्रतिनिधिहरुलाई सूर्य चिन्ह जता जान्छ त्यतै जाने मनस्थिति नबनाउन पनि आग्रह गरे । सूर्य चिन्ह नपाएपनि अहिलेको पद नजाने भन्दै विभाजित हुने मनस्थिति बनाउन नहुने बताए।

Logo